अर्थ खबरप्रदेशबिचारशिक्षासमाचार

काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको घुइँचो

 

१४ असोज, काठमाडौं । काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको घुइँचो बसपार्क क्षेत्रमा अचाक्ली बढेको छ । टिकट पाउने आशमा यात्रुहरु ठेलमठेल गर्दै घण्टौं लाइनमा बसेका छन् । तै पनि टिकट पाउने टुंगो हुँदैन ।

नेपालगञ्जको टिकट लिन लाइनमा बसेका सन्देश पौडेलले चार घण्टासम्म लाइनमा बस्दा पनि टिकट नपाएको बताए । ‘ठ्याक्क मेरो पालो आएको थियो, काउन्टरका मान्छेले टिकट छैन भने,’ उनले सुनाए ।

काठमाडौंको नयाँबसपार्क क्षेत्रमा आज बिहान सबेरैदेखि मानिसहरु टिकट लिने लाइनमा थिए । लाइन फनफनी घुमेको थियो । लाइन बसेका अधिकांशले लिनका लागि सास्ती पाएको गुनासो गरे । दाङ जाने योजनामा रहेका रामप्रसाद थारुले तीन दिनसम्म प्रयास गर्दा पनि टिकट काट्न नसकेको बताए ।

पेशाले चालक रहेका उनी अब कसैको गाडी चलाइदिएर भए पनि घरसम्म पुग्ने मनस्थितिमा छन् । ‘यस्तो पाराले टिकट कसरी काट्नु ? घर कहिले जानु ?’ उनले भने, ‘बरु दाङतिर जाने कोही गाडीवाला भए उसको गाडी मै चलाइदिन्थें ।’टिकट काट्ने स्थानमामा जानु अगाडिको साँघुरो ढोकामा प्रहरीहरु तैनाथ छन् । उनीहरु यात्रुहरुलाई सोधपुछ गरेर मात्र भित्र जान दिन्छन् । भित्र प्रवेश गर्नेहरुको त्यहीँ ठेलमठेल हुन्छ । महिला, पुरुष, युवा, वृद्ध सबै एउटै लाइनमा छन् । बाग्लुङ जाने टिकटका लागि लाइनमा बसेकी एक युवतीले महिलाहरुका लागि अलग्गै लाइन भइदिएको भए यति साह्रो सास्ती भोग्न नपर्ने अनुमान गरिन् ।भिडभाडको मौकामा सम्भावित पकेटमारी, चोरी लगायतका घटना रोक्ने उद्देश्यले बसपार्क क्षेत्रमा प्रहरीहरुको तैनाथी बढाइएको छ । ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सन्चालन गरेका छन् । तर यात्रुहरूले पाउने सास्ती कम भएको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button