समाचार

काठमाडौंको गोठाटारमा गोली लागेर एक जना घाइते भएका छन् ।

३ असोज, काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् ।

उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले गोली चलेको पुष्टि गरे । तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

घाइतेलाई ३ वटा गोली लागेको छ र उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button