समाचार

दोलखाको भिरकोट माझीबस्तीमा सुक्खा पहिरोको कारण ११ घर परिवार विस्थापित

दोलखाको भिरकोट माझीबस्तीमा सुक्खा पहिरोको कारण ११ घर परिवार विस्थापित

२० भदौं, काठमाडौं । दोलखाको तामाकोशी–१ भिरकोट माझीबस्तीमा सुक्खा पहिरो जाँदा ११ घर परिवार विस्थापित भएको छ ।

माझीबस्तीको माथिल्लो भागमा रहेको कुरी भिरबाट सोमबार दिउँसो सुक्खा पहिरो खस्दा भिरकोटका ११ घर परिवार विस्थापित भएको वडा अध्यक्ष वसन्त थापाले जानकारी दिए ।आज दिउँसो उक्त भिरबाट एक्कासी सुक्खा पहिरो खसेको र पहिरो झर्ने क्रम नरोकिएको स्थानीयहरूले बताएका छन् । मध्यदिउँसो पहिरो खसेका कारण कुनै पनि मानवीय क्षति नभए पनि बस्तीसम्म पहिरो आएको वडा अध्यक्ष थापाले जानकारी दिए ।

पहिरो खस्ने क्रम नरोकिएको र घरहरू जोखिममा रहेकाले प्रभावितहरूलाई सुरक्षित स्थानमा बसोबासको लागि प्रबन्ध मिलाउने काम भइरहेको उनले बताए ।सुक्खा पहिरोका कारण सिङ्गो गाउँ नै जोखिममा परेपछि प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाको टोलिले पहिरोको स्थलगत अवलोकन गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button