समाचार

स्थानिय चुनाव २०६९ परिणाम अपडेट

चुनाव विशेष

३१ बैशाख । स्थानिय चुनाव २०६९ । लिडर मिडिया बिशेष सम्वाददाता । स्थानिय चुनाव २०६९ को पछिल्लो परिणाम अनुसार देशभरमा मत गणनाको कार्य तीब्र रुपमा भइ नै रहेको छ ।

देशका मूख्य दहहरु अन्र्तगत ने.क.पा. एमालेले ६ वटा पालिका प्रमुख र ५ वटा उपप्रमुख, नेपाली काँग्रेसले ३ वटा पालिका प्रमुख र ३ वटा उपप्रमुख, ने. क. पा. माओवादी केन्द्रले १ पालिका प्रमुख र २ उपप्रमुख, ने. क. पा. एस. ले २ पालिका प्रमुख र २ उपप्रमुखमा विजय कहसील गरेका छन् भने अन्य दलहरुले वडा अध्यक्ष र सदस्य बाहेक अरु पदहरुमा विजय हासील गर्न सकेका छैनन् ।

निकै चासोको रुपमा लिइएको देशको सँघीय राजधानी काठमाण्र्डौ महानगरपालिका भने निकै रोचक प्रकारको प्रतिस्पर्धा देखिएको छ । पछिल्लो पटक सामाजिक संन्जालमा निकै चासोका रुपमा लिइएका बालेन शाह ४०२ मत सहित अग्र स्थानमा छन् । सिर्जना श्रेष्ठले २०२, केशव स्थापित ३११ र अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७९ मत प्राप्त गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button