समाचार
चुनावि अर्थतन्त्र : एक जना मतदाताको भागमा ४ हजार ६५१ रुपैयाँ खर्च
भक्तपुर, लिडर मिडिया सम्वाददाता । यस पटकको स्थानीय तह निर्वाचनका लागि प्रतिमतदाताले न्यूनतम ४ हजार ६५१ रुपैयाँ खर्च हुने देखिएको छ । यस्तो खर्च कुल मतदाता संख्यालाई आधार बनाएर सरकारले निर्वाचनका लागि गर्ने खर्च र राजनीतिक पार्टी तथा तिनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले समेत गर्ने खर्च जोडेर आएको हो ।