समाचार

जनजागरण पार्टी नेपाल र सामाजिक एकता पार्टीबीच भोलि बैशाख ३ गते पार्टी एकीकरण हुँदैं

एकीकृत पार्टीको अध्यक्षमा सी.बी. गहतराज र महासचिवमा डा. वि. पी. खनाल रहने

लिडर मिडिया बिशेष सम्वाददाता, भक्तपुर। जनजागरण पार्टी नेपाल र सामाजिक एकता पार्टी बीच पार्टी भोलि बैशाख ३ गते पार्टी एकीकरण हुने भएको छ । डा. वि.पी. खनालले अगुवाई गर्दै गरेको जनजागरण पार्टी र सी. बी. गहतराजले नेतृत्व गर्दै आउनुभएको सामाजिक एकता पार्टीबीच एकता हुन लागेको हो ।

यी दुई पार्टी बीच भोलि शैशाख ३ गते राजधानीको शंखमूल स्थित ए वान पार्टी प्यालेसमा पार्टी एकताको घोषणा हुने कुराको जानकारी जनजागरण पार्टी नेपालका सह महासचिव तथा प्रवक्ता विदुर अधिकारीले जानकारी दिनुभयो ।

राजनीतिमा नैतिक चरित्रवान् आचरण भएको हुनुपर्ने बताउनु हुँदै प्रवक्ता अधिकारीले आफुहरु लोकतन्त्र, आस्था र विचार अनि अभिव्यक्तिको स्वतन्त्रता पक्षधर भएकोले एकिकरण पछि अबको पार्टी अहिलेको स्थानीय निर्वाचन, प्रदेश र संघीय निर्वाचनमा एक निर्णायक र र्निविकल्प शक्ति हुने दाबी गर्नुभयो ।

निकट स्रोतका अनुसार एकतापछि पार्टीको नाम सामाजिक एकता पार्टी राख्ने प्रस्तावमा गरिएको छ भने पार्टीको मुल विधान, चुनाव चिन्ह र कार्यनीति जनजागरण पार्टीको रहने कुरामा सहमती भएको जानकारी प्राप्त छ ।

जनजागरण पार्टीले संविधान सभा निर्वाचन २०७० मा प्रत्यक्ष तर्फ कुल ३,५१० मत प्राप्त गरेको थियो भने समानुपातिक तर्फ २७,३९७ मत प्राप्त गरेको थियो ।

एकीकृत पार्टीको कार्यसमितिमा दुवै तर्फका ५०–५० प्रतिशतको भागबन्डा रहने बताइएको छ । एकीकृत पार्टीको अध्यक्षमा सामाजिक एकता पार्टी अध्यक्ष सीबी गहतराज र जनजागरण पार्टी नेपालका अध्यक्ष डा. वि.पी. खनाल महासचिव रहनेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button