समाचार

काँग्रेस, एमाले र माओवादी जिते पनि मुलुक बन्न सक्दैनः लिङ्देन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस, एमाले र माओवादीले निर्वाचन जिते पनि मुलुक बन्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौँमा भएको राप्रपा कार्यकर्ता भेलामा अध्यक्ष लिङ्देनले ठूला पार्टीले देशलाई बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत गरेको र मुलुकका लागि केही गर्न नसकेको बताएका हुन् । उनले अब पनि उनीहरूले निर्वाचन जिते मुलुक बन्न नसक्ने दाबी गरे ।

अध्यक्ष लिङ्देनले असफल भएका दललाई भोट दिएर विजयी गराए मुलुक नै असफलतातर्फ जाने तर्क गरे । उनले तीनै तहको निर्वाचनमा सोचेर भोट दिन पनि सर्वसाधारणसँग आग्रह गरेका छन् ।

अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले ५ वर्ष मात्रै देशको नेतृत्व पाए मुलुकको मुहार फेर्ने दाबीसमेत गरे । जनताले पनि निर्वाचनलाई मुलुकको हितका लागि प्रयोग गर्नुपर्ने उनको धारणा थियो । 

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button