समाचार

मेलम्चीको पानी चैतमा काठमाण्डौँ उपत्यकामा पुग्छ : मन्त्री चौधरी

सिन्धुपाल्चोक । खानेपानीमन्त्री उमाकान्त चौधरीले यही महिनाभित्र काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने काम भइरहेको बताउनुभएको छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याए पनि अभाव हुने भएकाले याङ्ग्री र लार्केको पानी राजधानी ल्याउने सहमति भएको उनले बताए ।

खडेरीग्रस्त क्षेत्रमा पम्पिङ र लिफ्टिङ गर्दा सिँचाइको मूल्य तोक्न पहल गर्छु, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले काठमाडौंका जनतालाई मेलम्चीको पानी खुवाउने सपना यही चैत मसान्तभित्र पूरा हुनेछ ।

उनले स्वच्छ खानेपानीको पहुँच नभएका सामुदायिक विद्यालयमा खानेपानी उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको बताए । राज्यको ८० देखि ९० प्रतिशत लगानीमा तराई मधेशमा ठूला ओभरहेड ट्याङ्की निर्माणको काम पूरा हुन नसकेको बताउँदै मन्त्री चौधरीले त्यसलाई पूरा गर्ने योजना अगाडि बढाइएको बताए ।

मन्त्रालयका सचिव सुरेश आचार्यले आर्सेनिकयुक्त पानीलाई स्वच्छ र सुरक्षित बनाउन आवश्यक रहेको बताउँदै भूमिगत जलस्रोतबारे थप अध्ययन र अनुसन्धान आवश्यक रहेको बताए । ‘जलस्रोतमा हाम्रो ज्ञान, जरा तोड्ने हाम्रो अभियान’ सहित मन्त्रालयले विशेष कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिए ।

सचिव आचार्यले ४० प्रतिशत चुहावट रोक्न सके धेरैलाई राहत हुने भएकाले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई ध्यान दिन निर्देशन दिए । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले भूमिगत पानी व्यवस्थापन गर्न नसक्दा समस्या भएको बताए । एक हजार ६ सय मिलिलिटर पानी पर्ने मुलुकमा वर्षाको पानी संकलन नहुने समस्या रहेको उनको भनाइ थियो ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले अझै पनि सुन्दरीजलबाट ७० प्रतिशत पानी उपत्यकामा आउने भएकाले उपत्यकामा खानेपानी नभएकाले खानेपानी उपलब्ध गराउन मन्त्रालयसँग माग गरेका थिए । उनले मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन गरी उपत्यकामा वितरण गरिए पनि सुन्दरीजलका जनतालाई पानी हेरेर मात्रै बाँच्ने नीति गलत भएको बताए ।

बिपी संग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नेपाल खानेपानी संस्थानका अध्यक्ष गुणाकर भुसाल, सोफेनका अध्यक्ष अनिल भद्र खनाललगायतले भूमिगत पानीको उचित उपयोग र व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा माध्यमिक तहका विद्यार्थीहरुबीच पानी सम्बन्धी वक्तृत्व प्रतियोगिता समेत आयोजना गरिएको थियो । सो अवसरमा मन्त्री चौधरीले मन्त्रालयका सचिव आचार्यले बनाएको पानीसँग सम्बन्धित गीत सार्वजनिक गरेका थिए । सो अवसरमा पानी सम्बन्धी सचेतनामूलक गीत तथा लघु नाटक पनि प्रस्तुत गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button