समाचार

निर्वाचन आयोगको प्रष्टीकरण : उम्मेदवारलाई समान मैदान दिन स्थानीय जनप्रतिनिधिको राजीनामा

काठमाडौँ  निर्वाचन आयोगले निर्वाचनमा जाँदा उम्मेदवारहरुलाई समान मैदान दिन स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

सोमबार काठमाडौँमा आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्वतन्त्र, स्वच्छ र भयमुक्त वातावरणमा चुनाव गर्नु आयोगको दायित्व भएको भन्दै उम्मेदवार भएका सबैलाई समान मैदान उपलब्ध गराउन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरिएको बताए ।

बहालमा रहेकै अवस्थामा उम्मेदवार बन्दा राज्यको स्रोतसधान उपयोग गर्ने सम्भावना देखिएको र त्यही स्वस्थ प्रतिपर्धा नहुने देखेर राजीनामा दिनुपर्ने प्रावधान राखेको पनि उनले बताए ।

प्रवक्ता पौडेलले जनप्रतिनिधिले राजीनामा दिँदैमा स्थानीय तह रिक्त नहुने पनि स्पष्ट पारे । प्रवक्ता पौडेलले विगतको स्थानीय तह चुनावपछि गरिएको समीक्षामा प्राप्त सुझाव अनुसार नै मतपत्रको रंग हरियो राख्ने निर्णय गरिएको उल्लेख गरे ।

त्यस्तै, उनले सातवटै प्रदेशमा निर्वाचन आचार संहितको प्रभावकारी कार्यान्वयनका लागि राजनीति दल तथा सरोकारवाला निकायसँग छलफल गरिने जानकारी दिए ।

आयोगले दल दर्ताको काम सम्पन्न भइसकेको, मतदाता नामावली अद्यावधिकको काम अन्तिम चरणमा पुगेकाले मतदाता नामावली छपाइ, परिचयपत्र छपाइ, निर्देशिकाहरू छपाइलगायतका काम अगाडि बढाइने जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button